FAQs Complain Problems

डुङ्गेश्वर गांउपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारको वि.सं.२०७३ फागुन २७ गतेको निर्णयानुसार साविकका ४ वटा गाविसहरु बेलपाटा, लाँकुरी, अवलपराजुल, डाँडापराजुल लाई एक आपसमा गाभेर मिलाइ ६ वटा वडामा विभाजन गरी यो डुङ्गेश्वर गाउँपालिकाको संरचना तयार पारिएको हो । कुल १०५.२० बर्ग कि.मी. क्षेत्रफमा फैलिएको यो गाउँपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्य क्षेत्रफलका हिसाबले तेस्रोे सानोे स्थानीय तह हो ।

दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणिय वातावरणमा रहेको सुन्दर गाउँपालिकामा थोरै साधन र स्रोतको लगानीवाट गाउँपालिकाको, सामाजिक आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा यो गाउँपालिका रहेको छ ।
२०६८ सालको जनगणना अनुसार कुल १६ हजार ८ सय ८३ जनसंख्या रहेको यो  गाउँपालिका भित्र बिभिन्न जातजातीहरुको बसोबास रहेको छ । कुल जमिनको ५३.९७ प्रतिशत अर्थात ५ हजार ६ सय ७७ दशमलब ५६ हेक्टर भुभाग बनजंगलले ढाकेको यस गाउँपालिका भित्र प्रशस्त मात्रामा खोलानाला रहेका छन् ।

मुख्यतया क्षेत्री र ब्राह्मण जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ठकुरी, गुरुङ्ग , मगर, कामी, दमाईको बसोबास रहेको छ भने केही संख्यामा अल्पसंख्यक जाति गाइने र वादी जातिको पनि बसोबास रहेको छ । हिन्दु, इसाई, मुस्लिम, बौद्ध धर्मावलम्वीहरु रहेका छन । धार्मिक तथा सांस्कृतिक रुपमा डुंगेल मन्दिर, भैरव मन्दिर, नारायण मन्दिर रहेका छन् । प्राकृतिक स्रोत साधनको रुपमा पराजुलीखोला, कुईंया ताल, स्लेट खानी, बनजंगल रहेको छ ।